
राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
न्यायपरिषद्को गत भदौ २९ गते बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । नेपालको संविधानअनुसार न्यायपरिषद्को सिफारिसमा राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने व्यवस्था रहेको छ ।
समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्