
१४ वर्षका दुई बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ वर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले गत बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित पुरानो साढे तिन तले घरको दोश्रो तलामा भक्तपुर ईनाचो बस्ने १४ वर्षीया र लिवाली बस्ने १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भक्तपुर प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गवचा र श्रेष्ठलाई पक्राउ गरी पीडित बालिकासमेतलाई स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्