
काठमाडौं, पुस २० । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ ।
गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे ।
लिभरपुलका रोबर्टो फर्मिनोले एक गोल फर्काए ।
जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ । ४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्