१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नक्कली ‘फेसबुक आइडी’मार्फत ठगी गर्ने भारतीय नागरिक पक्राउ


0
Shares

केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको उत्तर प्रदेश घर भई काठमाडौं, डिल्लीबजार बस्ने ५६ वर्षीय प्रदिप कुमार अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवालले नक्कली आइडीबाट बहुमुल्य सामान, बेलायती पाउन्ड र अमेरिकी डलर भएको पार्सल पठाइदिन्छु भन्ने र पार्सल भारतको राजश्व कार्यालयमा अड्किएको भन्दै रकम मागेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

ब्यूरोले आइएमइमार्फत रकम पठाउन लगाउने पवन न्यौपाने र प्रदीप सुब्बालाई पक्राउ गरिसकेको थियो र उनीहरुबाट रकम लिएर हुन्डीमार्फत भारत पठाउने कार्यमा समेत अग्रवालको संलग्नता खुलेकोे प्रहरीले जनाएको छ ।