१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्नेलाई जन्मकैदको फैसला


0
Shares

अर्घाखांची । जिल्ला अदालत अर्घाखांचीले श्रीमानको हत्या गरेको अभियोगमा राधा घर्ती मगर र उनका प्रेमी रमेश विकलाई जन्मकैदको फैसला सुनाएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका–७ धैरेनीडाडाका ३६ वर्षिय धनबहादुर घर्ती मगरकी श्रीमती ३३ वर्षिया राधा र ३६ वर्षिय रमेश मिलेर धनबहादुरको हत्या गरेका थिए ।

घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।

गत भदौ १८ गते सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै डिभर्ना जङ्गलमा बोरामा धनबहादुरको शव फेला परेको थियो ।

धनबहादुर विदेशमा रहेको बेला राधाको रमेशसंगको सम्बधबारे थाहा पाएपछि नेपाल आएपछि उनको हत्या भएको थियो ।