
बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेर बाबुको हत्या गरेको अभियोग लगाइएको हो ।
गम्भीर घाइते भएका महतोलाई जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९ः४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।
महतोको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । रासस
प्रतिक्रिया दिनुहोस्