
काठमाडौं । अस्ट्रेलियाविरुद्वको तेस्रो टेष्ट क्रिकेटमा भारत १ सय ३७ रनले विजयी भएको छ ।
मेलवर्नमा आज बिहान सम्पन्न खेल जितेसँगै भारतले ४ टेस्टको शृङ्खलामा २–१ को अग्रता लिएको छ ।
अन्तिम दिन घरेलु टोली अष्ट्रेलियालाई जितका लागि १ सय ४१ रन आवश्यक थियो ।
तर ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ६१ रनमै समेटिएपछि भारतले खेल जित्दै जारी शृङ्खला नहार्ने पक्का गर्यो ।
तेस्रो टेष्टमा बलियो देखिएको भारतले पहिलो ईनिङ्समा ४ सय ४३ रनमा ७ विकेट गुमाएर पारी समाप्तिको घोषणा गरेको थियो ।
अस्ट्रेलिया पहिलो ईनिङमा १ सय ५१ रनमै समेटियो । दोस्रो इनिङ्मा भारतले २ सय ६१ रन बनाउँदै घरेलु टोली सामु ३ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट म्याच आगामी जनवरी ३ तारिखदेखि सिड्नीमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्