१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बाबु–छोराबीच झगडा, रिसको झोंकमा छोराले घरमै आगो लगाए


0
Shares

बेलबारी नगरपालिका–११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशीबीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए ।

आगो सल्किएर राजबंशीको दुई तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको पीडितले बताए ।

आगो निभाउने क्रममा आगोले पोलेर ६५ बर्षीय केवालाल र सोही ठाउँका २३ बर्षीय लक्ष्मण ढुंगानाको शरीरको विभिन्न भाग जलेर घाईते भएका छन् ।

आगोले पोलेर घाईते राजबंशीलाई उपचारकालागि धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ ।

घरमा आगो लगाउने कुमार राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेको छ ।