
लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहेका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्