Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


आलेको हत्यामा संलग्न ३ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा रिसिङ गापा–६ का २४ वर्षीय मदन आले, सोही स्थान निवासी ६० वर्षीय बिसन आले र २५ वर्षीय दानबहादुर आले रहेका छन् ।

सोही वडाको गोठादी भन्ने स्थानमा पूजाको निम्तो मान्न जाँदा रक्सीसहित खानेकुरा खाई घर फर्कने क्रममा गाउँमा भएको सामान्य विवाद झगडालाई रिसईवी साँधेर घटनास्थलको एकान्त स्थानमा आइपुगेपछि विवाद गरी हात मुक्का तथा पिपलको दाउराले टाउको अनुहारलगायत शरीरको अन्य भागमा कुटपिट गरेको पक्राउ परेकाले स्वीकारेका थिए ।

कर्तव्य गरी मारेको भन्ने खुल्न आएकाले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीले जानकारी दिए । रासस