२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


लमजुङमा क्षयरोगका बिरामी घटे


0
Shares

गत आर्थिक वर्षको पहिलो चौमासिकमा लमजुङमा ४७ जना क्षयरोगका बिरामी थिए । चालु आर्थिक वर्षको मंंसिर मसान्तसम्म ४१ जना मात्र बिरामी फेला परेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा १३९ जना बिरामी भेटिएका थिए भने आर्थिक वर्ष २०७२/७३ मा १ सय ५६ जना क्षयरोगका विरामीले सेवा लिएका थिए ।

सचेतना र स्वास्थ्य शिक्षाका कारण जिल्लामा क्षयरोगीको संख्यामा क्रमशः कमी आउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका सुपरभाइजर लक्ष्मण बसौलाले बताए ।

हाल लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट १४ जना विरामीले औषधि लिँदै आएका छन् ।

औषधि सेवनलाई नियमित गर्न डट्स विधिअनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी गर्ने गरिएको छ ।