
काभ्रेले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको आयोजक नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूहमा काभ्रेका अच्यूत अधिकारी, ५५ केजीमा काभ्रेका सुवास लिम्बू, ४५ केजीमा सिन्धुपाल्चोकका विशाल लामा, ४० केजीमा ललितपुरका विकास महर्जन, ३० केजीमा काभ्रेका समिर बुढाथोकी र २५ केजीमा खोटाङका स्वस्तिक लम्सालले स्वर्ण जिते ।
महिला खुला तौलसमूहमा ललितपुरकी शिवानी श्रेष्ठ, ५० केजीमा काभ्रेकी आरती तामाङ, ४५ केजीमा काठमाडौंकी नविना लामा र ४० केजीमा काभ्रेकी प्रतिक्षा भुजेलले पहिलो स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा काभ्रेका तुलसीराम श्रेष्ठ तथा काठमाडौंका राजकृष्ण श्रेष्ठलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको थियो । दुईदिने प्रतियोगितामा २ सय १५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्