
गौशाला नगरपालिका–२ का १८ वर्षीय भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।
वि.सं. २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले सो फैसला सुनाएको हो ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार दिएको जानकारीअनुसार भुजेललाई सो रकम पीडित बालिकालाई क्षतिपूर्ति भराइ दिने सजाय भइ मुद्दा फैसला भएको छ ।
निज प्रतिवादी कुमार भुजेलले रक्सी सेवन गरी भान्जीलाई खेलाउन लान्छु भन्दै गाउँनजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए ।
भाइटीकाका दिन भुजेलले नातामा भान्जी पर्नेलाई बलात्कार गरेको भन्दै २०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्