
दिवंगत किम जोङ इलकी कान्छी छोरी किम यो जोङलाई गत वर्षमात्र दाजु किम जोङ उनले शक्तिशाली बनाउँदै कम्युनिष्ट पार्टीको पोलिटब्यूरोमा लगेका थिए ।
पछिल्लो समय किम परिवारबाट दुई कोरियाको सीमापार गर्ने किम यो जोङ पहिलो सदस्य बन्नेछिन् ।
उत्तर कोरियाली शासक किम जोङ उन दक्षिण कोरियासँग सम्बन्ध सुधारमा गम्भीर रहेको संकेतकारुपमासमेत यसलाई हेरिएको छ ।
दुवै कोरियाले ओलम्पिकको उद्घाटन समारोहमा एउटै झन्डामा मार्चपास गर्नेछन् । समारोहमा उत्तर कोरियाका आलंकारिक राष्ट्राध्यक्ष किम जोङ नाम पनि जाँदैछन् ।
ओलम्पिकमा उत्तरको सहभागितालाई दुई मुलुकको सम्बन्ध सुधारको संकेतकारुपमा हेरिएको छ । तर, अमेरिकाले भने उत्तरले ओलम्पिकलाई प्रचारबाजीको उद्देश्यले प्रयोग गरेको आशंका गरेको छ ।
अमेरिकाले आफ्ना उपराष्ट्रपति माइक पेन्सलाई प्योङयाङमा हुने ओलम्पिक उद्घाटन समारोहमा पठाउँदैछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्