
दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकुद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकुद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत् गरेको जनाइएको छ ।
यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन ।
दक्षिण कोेरियाको समाचार स्रोतले भन्यो–‘हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत् गरेको छ ।’
बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत् गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ ।
यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिकको पूर्वसन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्