४ असार २०८२, बुधबार | Thu Jun 19 2025


अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने ब्रिटिश सरकारको चेतावनी


0
Shares

संकटमा रहेका मानिसलाई यथोचित रूपमा सुरक्षाको प्रत्याभूति दिन असफल भए सहयोग रोक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हाइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै निन्दा गरे ।

अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितलाई मद्दत गर्दा यौनकर्मीहरुको प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।

लण्डनमा रहेका हेइटीका राजदूत बोसित एडमण्डले अक्सफामले उक्त प्रकरण ढाकछोप गर्न खोजेको भन्दै सार्वजनिक माफी माग्न माग गरेका छन् । निगरानी गर्ने संस्था दि च्यारिटी कमिशनले सन् २०११ मा हाइटीमा आफ्ना केही सहायताकर्मीले यौनकर्मीलाई प्रयोग गरेको भन्नेबारे पूर्ण विवरण अक्सफामले नदिएको जनाएको हो ।

सरकारसँग पैसा लिने ब्रिटेनस्थित परोपकारी संस्थाहरुलाई सुरक्षा नीति अनुसार काम गरिरहेको प्रत्याभूति गर्ने उपाय के छ भनेर पत्राचार गर्ने पनि मोर्डन्टले बताए । अक्सफामलाई गत वर्ष सरकारले ४ करोड ४० लाख डलर दिएको थियो ।

आफूले केही कुरा नलुकाएको भन्दै अक्सफामले भने ४ जना कर्मचारीलाई बर्खास्त र तीन जनालाई राजीनामा दिन लगाएको दावी गरेको छ । दुई लाख मानिसको ज्यान जाने गरी सन् २०१० मा आएको ७ म्याग्निच्यूडको विनाशकारी भूकम्पपछि राहत कार्यक्रमअन्तर्गत अक्सफामका सहायताकर्मीहरू हाइटी गएका थिए । (एजेन्सी)