२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


फागुको सांगीतिक कार्यक्रममा तोडफोड, चारजना समातिए


0
Shares

बिहीबार साँझ विदुर नगरपालिका वडा नम्बर–४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी हो–हल्ला गर्ने र विवाद उत्पन्न गराउने विदुर–६, इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय निरज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनीहरुविरुद्ध प्रहरीलाई हातपात गर्नाका साथै प्रहरीको बा२झ २१९ नम्बरको स्कोर्पियो गाडीको सिसा तोडफोड गरेको आरोप लगाइएको छ । रासस