 
	    काठमाडौं, मंसिर १३ । आसन्न एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा सहभागी टिम ललितपुर प्याट्रियट्सले योपटक उपाधि जित्ने दाबी गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा टिमका मालिक किशोर महर्जनले योपटक आफ्नो टोली निकै सन्तुलित रहेकाले उपाधि जित्न सक्षम रहेको दाबी गरेका हुन् ।
योपटक ललितपुर टिम राम्रो र सन्तुलित रहेको बताउँदै महर्जनले सबै नेपाली तथा विदेशी खेलाडी उत्कृष्ट फर्ममा रहेका जिकिर गरे ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरमा नेपालका चर्चित खेलाडी सन्दीप लामिछाने पनि छन् । तर, सन्दीप दुई खेल खेलेपछि बिग बास लिग खेल्न अष्ट्रेलिया जानेछन् ।
टिममा हुनुपर्ने तीन अनिवार्य विदेशी खेलाडीमा योपटक गौरव तोमर, जयकिसन कोलसवाल र सन्नी पटेल रहेका छन् ।
सन्नी र कोलसवाल अघिल्लो सिजन पनि ललितपुरमा थिए । गौरव पोखरामा हालै सम्पन्न पीपीएल क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
अघिल्लो सिजनको इपीएल क्रिकेटमा ललितपुर तेस्रो स्थानमा समेटिएको थियो ।
इपीएलमा योपटक पनि ६ ओटा फ्रेन्चाइज टिमले भाग लिँदैछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्