२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


फाल्गुनन्द गोल्डकप पुस २१ देखि


0
Shares

पाँचथर, मंसिर १२ । दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आगामी पुस २१ गतेदेखि पाँचथरमा सुरु हुने भएको छ ।

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब ब्वाइज युनियन क्लब, जावलाखेल युथ क्लब, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।