२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘आइबोस’ सदस्य बनाउने सातजना पक्राउ


0
Shares

ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीका नाममा सर्वसाधारणलाई ‘आइबोस’ सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र सोलुखुम्बुका प्रदीप राईलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

सातजनाले झन्डै ८ हजारलाई सदस्य बनाएको अनुसन्धानमा खुल्न आएको ब्यूरोले जनाएको छ ।

जसमध्ये नारायणले पाँच हजार ८८९, भक्तबहादुरले २५०, रवीनले एक हजार ३२, प्रदीपले ३०१, तिर्सनाले २०० र पूर्णबहादुरले १२१ सदस्य बनाएको अनुसन्धानमा खुलेको छ । दंगाल भने सन्चालक हुन् ।

६६ जनालाई नियन्त्रणमा लिएको ब्यूरोले अनुसन्धानपश्चात् अरुलाई छाडेर सातजनालाई ठगी गरेको अभियोगमा कानुनबमोजिम अनुसन्धान अगाडि बढाएको छ । रासस