१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


साढे ३३ किलो सुनकाण्डमा एसएसपी श्याम खत्रीविरुद्ध पक्राउ पूर्जी जारी


0
Shares

काठमाडौं, वैशाख १८ । साढे ३३ किलो सुनकाण्डमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ ।

सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भए पनि ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार छन् ।

उनीविरुद्ध प्रहरीले सतहत्तरै जिल्लामा सर्कुलर जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन तस्करीको सम्बन्धमा सोधपुछका लागि एसएसपी खत्रीलाई नियन्त्रणमा लिई बयानका लागि मातहतका निकायलाई निर्देशन दिएपछि उनीविरुद्ध सर्कुलर जारी गरेको हो । खत्री २०७३ साल पुस २१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका थिए ।

सोही बर्षको चैत्र ४ गते काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।