
बिराज रोस्यारा/
कैलाली, वैशाख २१ । कैलालीको धनगढी उपमहानगरपालिकाबाट शुक्रबार बिहान लागुऔषध सेवन गरिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले उनिहरुलाई चरेश र गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनिहरुलाई धनगढी उपमहानगरपालिका– ४ को सुकुटे नालाको किनारमा बसेर लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनिहरु धनगढीका विभिन्न क्याम्पसमा ११÷१२ कक्षा पढ्दै गरेका विद्यार्थी हुन् ।
धेरै दिनदेखि सो क्षेत्रमा लागुपदार्थ दुर्व्यसनी बसेर होहल्ला गर्ने गरेको सूचना पाएपछि परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु १५ देखि १८ वर्ष उमेर समूहका छन् । उनिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।
उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्