Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


प्रहरीचौकीमै छिमेकीलाई दिसा खुवाएपछि…


0
Shares

बराहताल गाउँपालिका–५, सुर्खेतकी भविसरा थापामगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्नेक्रममा बड्डीचौर प्रहरीचौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली–बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् ।

प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नम्बर–५ का वडाध्यक्ष दिल मसांगीको रोहवरमा छलफल गर्दा ‘अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु’ भन्दै प्लास्टिकमा लुकाइ ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए ।

प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलकाक्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताए ।

प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उनले बताए ।

बड्डीचौर प्रहरीले चौकीमै दिसा खुवाएपछि विवाद बढ्दा थापा र सलामीको पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो । रासस