२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला


0
Shares

सिरहा, जेठ ४ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ ।

कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदाको गर्दनमा धारिलो हतियार प्रहार गरिएको छ । सदाको शव अर्नमा बनिनियाँको लोहजारा नदीमा भेटिएको हो ।

सदा वैदेशिक रोजगारीबाट एक वर्ष अघि फर्किएका थिए । बुधबार साँझबाट बेपत्ता भएको सदाको शव बिहीबार दिउँसो ४ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाउनुका साथै घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।