 
	    म्याग्दी, जेठ १३ । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका एक अपांग विद्यार्थीले काठ, सिरिन्ज, पाइप र टिन प्रयोग गरेर डोजर बनाएका छन् ।
कुहूँ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र प्रेमकुमार पाण्डेले बनाएको सो डोजर विद्यालयमा प्रदर्शन गरिएको छ ।
एउटा खु्ट्टाले राम्रोसँग टेक्न नसक्ने पाण्डेले यसअघि ट्रयाक्टरसमेत बनाएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले बताए ।
करिव पाँच दिन लगाएर डोजर बनाएको पाण्डेले जानकारी दिए । गाउँमा बाटो खन्ने समयमा डोजर देखेका पाण्डेले त्यसको राम्रोसँग अवलोकन गरी काठको डोजर बनाएका हुन् ।
भविष्यमा वैज्ञानिक बन्ने उद्देश्य लिएर पढिरहेका पाण्डे पढाइमा पनि अब्वल रहेको प्रधानाध्यापक राम्जालीले जानकारी दिए ।
विकट गाउँको विद्यालयका विद्यार्थीमा रहेको यस्तो प्रतिभालाई उजागर र प्रोत्साहन गर्नुपर्ने स्थानीय बताउँछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्