२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लक्ष्मीपूजाको दिन राधा फेरि ‘कुटिइन्’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, कात्तिक २२ । गत वर्ष फागुनमा ‘बोक्सी’को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ ।

गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सी’ भन्दै कुटिएकी राधा फेरि लक्ष्मीपूजाको दिन कुटिएकी हुन् ।

२१ वर्षीया राधामाथि बुधबार साँझ कुटपिट गरेको आरोपमा स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार आफ्नै घरमा बसिरहेका बेला ‘बोक्सी’ भन्दै राधामाथि घरमै कुटपिट भएको जनाइएको छ ।

राधाले दिएको किटानी जाहेरीपछि कालीचरणलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

गत वर्ष फागुन २४ गते स्थानीय ‘भोलेबाबा’ भनेर चिनिने रामबहादुर चौधरीले ‘बोक्सी’ भगाउने भन्दै राधामाथि निर्घात् कुटपिट गरेका थिए ।

कुटपिट अभियोगमा रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।