Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


तीन लाख नगदसहित १० जुवाडे पक्राउ


0
Shares

केदार कटवाल (इमेज)

उदयपुर, कात्तिक २२ । उदयपुरमा तीन लाख रुपैयाँ नगदसहित बिहीबार १० जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो ।

चौदन्डीगढी नगरपालिका–५ स्थित काठ चिर्ने समिलमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–१ बस्ने विष्णु श्रेष्ठ, सोही ठाउँका सुजन अधिकारी, चौदन्डीगढी नगरपालिका–९ बस्ने होमबहादुर राउत, सोही ठाउँ बस्ने महेश राउत, चौदन्डीगढी–८ का सन्तोष मगर, सप्तरीको सप्तकोसी नगरपालिका–१ बस्ने विनोद चौधरी, सोही ठाउँका दीपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेत रहेका छन् । यीमध्ये विष्णु श्रेष्ठ वन कर्मचारी भएको जनाइएको छ ।

पक्राउ परेकाहरुमाथि जुवा कसुरअन्तर्गत् मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।