
हेटौंडा, कात्तिक २२ । हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ ।
गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्