
सिल्हेट (बंगलादेश), कात्तिक २० । जिम्बाब्वे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाब्वेले बंगलादेशलाई १५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाब्वेको यो पहिलो जित हो ।
जिम्बाब्वेका तर्फबाट पहिलोपटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर ४ विकेट लिए भने सिकन्दर राजाले ३ विकेट लिए ।
बंगलादेशको दोस्रो इनिङ्स चौथो दिनमा १६९ रनमा समेटिएको थियो ।
बंगलादेशका इमरुल कायेसले ४३ रनको योगदान दिएका थिए
दुई टेस्टको यस शृंखलामा जिम्बाब्वे १–० ले अगाडि भएको छ ।
बंगलादेशले पहिलो इनिङ्समा १४३ रन बनाएको थियो । जिम्बाब्वेले भने पहिलो इनिङ्समा २८२ रन बनाइ १३९ रनको अग्रता लिएको थियो ।
दोस्रो इनिङ्समा १८१ रन बनाएको जिम्बाब्वेले बंगलादेशलाई जितका लागि ३२१ रनको लक्ष्य दिएको थियो ।
दोस्रो टेस्ट नोभेम्बर ११ मा ढाकामा खेलिनेछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्