
अछाम, जेठ २७ । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ ।
तुर्माखाद गाउँपालिका–४ की १६ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भएको हो ।
घर नजिकैको भैसी बाँध्ने गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाई र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाद गाउपालिकाका उपाध्यक्ष अमृता बुढाले बताइन् ।
मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिईन् ।
प्रतिक्रिया दिनुहोस्