Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


धनकुटामा एक युवाको ओछ्यानमै हत्या


0
Shares

धनकुटा । धनकुटाको हिलेमा एक युवाको हत्या भएको छ ।

हिलेमा सञ्चालित रमाइलो मेला रेखदेख गर्दै आएका सुनसरीको इटहरी उपमहानगरपालिकाका ३६ वर्षीय रामबाबु चौधरीको गएराति हत्या भएको हो ।

उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

राति ओछ्यानमै हत्या गरेर उनको शव बाहिर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी हिलेका इन्चार्ज यदु खड्काले जानकारी दिए ।

हत्या कसले र किन गरेको भन्ने खुलेको छैन । हत्याका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।