
मनिष गुप्ता/ईमेज:
कपिलबस्तु । शिवराज नगरपालिका १ मा बुधबार राती १३ बर्षीया बालिका बलाकृत भएकी छिन् ।
राती शौच गर्न जाँदा स्थानीय २२ बर्षीय खिम बहादुर विकले बारीमा लगि जबरजस्ती करणी गरेको भनी पीडित बालिकाका परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।
देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा पिडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितको आरोप छ ।
परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।
उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।
पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार गरेर घर ल्याइएको प्रहरीले जनाएको छ ।
विकले भने आफूले करणी नगरेको दावी गर्दै आएको प्रहरीले जनाएको छ । बालिकाको मेडिकल रिपोर्ट अझै नआएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पीडित परिवारले भने प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेर दोषीलाई छुटाउने चलखेल भइरहेकोे भन्दै शुक्रबार प्रहरी कार्यालय घेराउ गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्