
बारा, कात्तिक १५ । बाराको निजगढमा जुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्ति पक्राउ परेका छन् ।
स्थानीय एक घरमा कौडा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाकाअनुसार जुवाको खालबाट दुई लाख ३० हजार रुपैयाँ नगद बरामदसमेत गरिएको छ ।
पक्राउ पर्नेमा स्थानीय व्यापारी र राजनीतिक दलका नेताहरु रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्