१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


सर्लाही घटनाका बारेमा एसएसपीको नेतृत्वमा अनुसन्धान सुरु


0
Shares

सर्लाही । नेपाली कांग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी)शेखर कोइरालाको नेतृत्वको छानविन समितिले  स्थलगत अनुसन्धान सुरु गरेको छ ।

कोइरालाको समितिमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहिको टोली परिचालित छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी निरन्जन भट्टको टोली पनि अनुसन्धानका लागि सर्लाही पुगेर काम सुरु गरेका छन  । 

सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाको ज्यान गएको थियो ।

झडपका क्रममा चलेको गोली लागेर एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।

रामनगर गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो ।