२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पारस खड्का, शरद भेषवाकरसहित चार नेपाली खेलाडी आइसिसीको वरियतामा


0
Shares

काठमाडौं, कात्तिक १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् ।

आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ वरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर पर्न सफल भएका हुन् । 

नयाँ वरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औँ र शरद १००औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२औँ र रेग्मी ७४औँ स्थानमा छन् । 

आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा वरियता निर्धारण गर्छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि वरियतामा समावेश हुँदै आएका छन् । (रासस)