१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


गौचन र तिवारीलाई गोली हान्ने मुख्य ‘सुटर’सहित तीनजना समातिए (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १२ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य ‘सुटर’सहित तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नेपाली सेनाका ‘भगौडा’ उदयपुर घर भइ काठमाडौं, बाफलमा बस्दै आएका मुख्य सुटर अम्बरबहादुर राना, झापा घर भइ कपन बस्दै आएका ‘लोप्साङ’ भनिने सोम तामाङ र काठमाडौं नागार्जुनका रोशन बुढाथोकी रहेका छन् ।

उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरी काठमाडौं ल्याइएको जनाइएको छ ।

तामाङ रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीलाई गोली हान्ने मुख्य सुटर रहेकोसमेत रहेको प्रहरीले जनाएको छ । बुढाथोकी भने हत्याका ‘योजनाकार’ रहेको प्रहरीको भनाइ छ ।

महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले गौचन हत्याका मुख्य सुटर रानाले नै ‘गुन्डानाइके’ दावा लामालाई गोली हानेको पनि जानकारी दिए । लामा गोली प्रहारबाट घाइते भएका थिए ।

अभियुक्तहरु यसअघि पक्राउ परेका गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेत समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

गत वर्ष पुसमा काठमाडौंको शान्तिनगरमा गौचनलाई गोली हानी हत्या गरिएको थियो भने तिवारीलाई २०७३ सालमा रुपन्देहीको खैरेनीमा गोली हानी हत्या गरिएको थियो ।

भिडियो हेर्नुहोस्