Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


भन्सार छलेर ल्याइएको ट्याक्टर तथा मिक्सरसहित चालक पक्राउ


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, कार्तिक १२ । अवैध रुपमा भन्सार छली गरी ट्रयाक्टरमा ल्याइएको कंक्रिट मिक्सर मेसिनसहित ट्रयाक्टर चालकलाई कपिलबस्तुको रंगपुर सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरी कृष्णनगर भन्सार कार्यालय चलान गरेको छ ।

सीमा क्षेत्रको यशोधरा गाउँपालिका वडा नं.–६, पुर्निहवामा नम्बर नभएको अन्दाजी आठ लाख रुपैयाँ मूल्यको ट्रयाक्टर र ३ लाख रुपैयाँ पर्ने कंक्रिट मिक्सर मेशिन जडान गरी अवैध रुपमा भन्सार छली सीमा क्षेत्रभित्र ल्याउँदै गर्दा आईतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सार छली सीमा नाका पार गर्दैगर्दा पक्राउ परेको ट्रयाक्टरमा नम्बर नभएको र चेसिस नं. डीएफ १४४८०११६ तथा इन्जिन नं.०२०२९२०५-१० रहेको प्रहरीले जनाएको छ ।

मायादेवी गाउँपालिका वडा नं.–४ का ट्रयाक्टर चालक २३ वर्षीय कृष्ण यादवलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।