
काठमाडौं, कार्तिक ११ । काठमाडौंको महाबौद्धबाट प्रहरीले आज ठूलो परिमाणमा पटाका जफत गरेको छ ।
तिहारलाई लक्षित गरी ल्याइएको २५ लाख रुपैयाँ भन्दा बढि मूल्यको पटाका जफत गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरको टोलीले दुईवटा खेलौना पसलमा छापा मारी उक्त पटाका जफत गरेको हो । साथै खेलौना पसल संचालकद्वय सर्लाहीका अशोककुमार साह र नन्दलाल साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्