
दुल्लु, कात्तिक १० । दैलेखको महावु गाउँपालिका–१, बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छन् ।
आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।
ती महिलाले आफ्नै छोरालाई विष सेवन गराउँदा सात वर्षीय बालक आयूष नेपालीको मृत्यु भएको छ ।
अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
बालक आयूषको उपचारकाक्रममा मृत्यु भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।
उनकाअनुसार विष सेवन गरेका आमा कल्पना नेपाली र ६ महिनाका अर्का छोरा अंकित नेपालीको अवस्था गम्भीर छ ।
उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ ।
कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहुँजसो श्रीमतीलाई मदिरा सेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विषसेवन गराएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शनिबार बिहान पनि कल्पना र उनका श्रीमान् सुजन नेपालीको सामान्य झगडा परेको र श्रीमान् घरबाट बाहिर निस्किएपछि घटना घटेको प्रहरीले जनाएको छ ।
घटना शनिबार दिउँसो २ बजेतिर भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखकाअनुसार उनीहरुले उडुस मार्ने विषादी प्रयोग गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्