११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


चितुवाको छालासहित चारजना समातिए


0
Shares

काठमाडौं, असोज २३ । महानगरीय प्रहरी परिसर काठमाडौंले नागढुंगा, पिपलबोटबाट चितुवाको चारथान छालासहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका–८ का सुराजन थापा, गोरखा–४ का सलिम मिया, स्याङ्जा, रत्नपुर–१ का सोमराज श्रेष्ठ र अर्घाखाँची, सन्धीखर्क–७ का मानबहादुर नेपाली रहेका छन् ।

बिक्री गर्ने उद्देश्यले चितुवाको छाला झोलामा लुकाइराखेको अवस्थामा प्रहरीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको जनाइएको छ ।