
चितवन, असोज २३ । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा व्यक्तिहरुलाई बेहोस बनाइ लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी मकवानपुरको थाहा नगरपालिका घर भएका ४९ वर्षीय हरि गोले र कास्की, माछापुच्छ्रेका ‘गोपाल’ भनिने कालु परियारलाई सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट बेहोस बनाउने औषधि, इन्जेक्सन, टर्च, जुसको बोतललगायत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्