
सुजन काफ्ले (इमेज)
दोलखा, असोज २३ । दोलखामा संरक्षित वन्यजन्तु सालकको खपटासहित दुईजना पक्राउ परेका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर–३, लामाचौर जंगलस्थित शिव मन्दिरनजिकैबाट दुई किलो ९०० ग्राम सालकको खपटासहित दुई युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर–३ का २३ वर्षीय अर्जुन देवकोटा र सोही स्थानका १९ वर्षीय सौरभ गोले रहेका दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
सोमबार अपराह्न ४ बजेतिर उनीहरु पक्राउ परेका थिए ।
पक्राउ परेका दुवैजनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्