११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


राष्ट्र विखण्डनको गतिविधि गर्दै हिड्ने सीके राउतसहित तीन जना पक्राउ


0
Shares

गौर, असोज २१ । राष्ट्र विखण्डनको गतिविधि गर्दै हिड्ने सीके राउतसहित तीन जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

राउत अन्य दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताए ।

राज्य विप्लवको मुद्दामा तारेख बुझ्न अदालत गएका बेला उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । तराई मधेसमा राष्ट्र विरोधी गतिविधि सञ्चालन गर्दै आएका राउत यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

राउत आफ्ना समर्थकहरुको समूहसहित अदालतमा उपस्थित भएका थिए ।