
काठमाडौं । काठमाडौंको बालाजुबाट प्रहरीले पाँच किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा गएराति चेकजाँच गर्दा पाँच किलो सुनसहित रसुवाका १८ वर्षीय सुकु भनिने सोबहादुर तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले बरामद गरेको सुन रसुवागढी नाका हुँदै भित्र्याइएको अनुमान प्रहरीले गरेको छ ।
पक्राउ परेका व्यक्ति भरिया मात्र भएको र सुनका धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसअघि गत असोज ९ पनि रसुवागढी नाकाबाटै अवैधरुपमा भित्र्याइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्