Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ ।

प्रधानमन्त्री शाहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री शाह आईतवार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लाग्नुभएको हो ।

उहाँको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा पोलमा राखिएका छन् । नेपाल र भारतका झण्डाले सजिएका सडकले प्रधानमन्त्री साहको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको संकेत गरेको छ ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलपछि उहाँ सोमवार स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री साहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

राजकीय भ्रमणका क्रममा हुने भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र आगामी समझदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।