धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा गएराति करिब १ः५५ बजे दुर्घटना भएको हो। लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीमा सवार १० जनामध्ये स्थानीय ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।









प्रतिक्रिया दिनुहोस्