Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


चितवनलाई हराउँदै सुदूरपश्चिम तेस्रो पटक एनपीएल फाइनलमा


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले फाइनल यात्रा तय गरेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम उपाधि भिडन्तमा पुगेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले चितवनले दिएको १३४ रनको लक्ष्य सात विकेटको क्षतिमा हासिल गर्‍यो। तीन विकेटको जितसँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।

यस उपलब्धिसँगै एनपीएलका तीनवटै संस्करणको फाइनल खेल्ने पहिलो टोलीका रूपमा सुदूरपश्चिमले इतिहास बनाएको छ। यद्यपि, अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगे पनि टोलीले उपाधि जित्न सकेको थिएन। यसपटक भने पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित सुदूरपश्चिम मैदानमा उत्रनेछ।

Skip This