Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


भीमफेदीमा सुमो दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ७ जना घाइते


0
Shares

हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो सडकबाट खोलामा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

प्राप्त प्रारम्भिक विवरणअनुसार बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंका लागि छुटेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथको सडकखण्डबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो ।

सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा तिन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने सात जना घाइते भएका छन् ।

घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई उपचार र आवश्यक प्रक्रियाका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ ।

दुर्घटना हुनुको कारण र मृतक तथा घाइतेहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको छ ।

Skip This