बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा सुरुमा तीन जनाको शव फेला परेकोमा खोजी गर्ने क्रममा थप एक बालिकाको शव भेटिएको हो । मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की अन्दाजी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महरा रहेका छन् ।
अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ । अटोमा सवार सोही ठाउँका १२र१३ वर्षीय विक्रम महरा सकुशल घर फर्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको अटोका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्