काठमाडौं । कास्कीको पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
पोखरा महानगरपालिका–५ जिरो नजिक भएको दुर्घटनामा म्याग्दीको मंगला गाउँपालिका–९ दारुङका २१ वर्षीय विवेक दर्जी र रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि जीएमसी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो ३ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अर्का घाइते परियारलाई पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा दिउँसो ३ः१० बजे मृत घोषित गरिएको थियो।
घटनामा संलग्न स्कुटर र जिपसँगै जिप चालक पोखरा–२८ कालिकाका ४८ वर्षीय अमृत बजगाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्